Logo

सिटी एक्सप्रेस र कोरियाको जिमनीबीच सम्झौता, घरमै बसेर नेपालमा रेमिट्यान्स

सिटी एक्सप्रेस र कोरियाको जिमनीबीच सम्झौता, घरमै बसेर नेपालमा रेमिट्यान्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी मनी एक्स्प्रेस र जिमोनी ट्रान्सबीच सम्झौता भएको छ । जापानीज रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जिमनीबीच रेमिट्यान्स सम्झौता भएको हो ।

दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा निजी रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । यसँगै यी दुई संस्थाबीच रेमिट्यान्स सम्झौता भएको हो ।

तत्कालका लागि कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको जिमनीले केही दिनभित्रै मोबाइल एप बाट पनि सेवा शुरु गर्नेछ । ग्राहकलाई सहज रुपमा रेमिट्यान्स पठाउने सुविधा प्रदान गर्न जिमनीले मोबाईल एप सेवा संचालनमा ल्याउन लागेको हो । सो सेवा संचालनमा आएसँगै सेवाग्राहीले घरमै बसेर रेमिट्यान्स पठाउन सक्नेछन् ।

कोरियाबाट पठाएको १० मिनेट मै नेपाल सिटी मनी एक्सप्रसका ५ हजारभन्दा शाखाबाट भुक्तानी पाउन सकिनेछ ।

सिटी मनीले अमेरिका, जापान, यूएई ,भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL