Logo

मेगा छोडेका अनिलले २०१८ बाट सेञ्चुरीको कमाण्ड सम्हाल्ने, पाए ४ बर्षको जिम्मेवारी

मेगा छोडेका अनिलले २०१८ बाट सेञ्चुरीको कमाण्ड सम्हाल्ने, पाए ४ बर्षको जिम्मेवारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ । मेगा बैंक छाडेका शाहले सन् २०१८ को शुरुवातसँगै सेञ्चुरी बैंकको कमाण्ड सम्हाल्न लागेका हुन् ।

सेञ्चुरी बैंक संचालक समितिको बिहीबार बसेको बैठकले उनलाई सन् २०१८ देखी लागु हुनेगरी ४ वर्षको लागि नियुक्त गरेको हो ।

स्टान्डर्ड चार्टड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका शाहले नबिलमा ५ बर्ष र मेगामा ८ बर्ष सिईओ पद सम्हालिसकेका छन् । उनले स्ट्याण्डर्ड चाटर्डमा पनि १३ बर्ष काम गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL