Logo

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सञ्जिव मानन्धर

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सञ्जिव मानन्धर


बिजखबर संवाददाता
27
Shares

काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय सस्थाको अध्यक्षमा सञ्जिब मानन्धर चयन भएका छन् । प्राइम कमर्सियल बैंकको प्रतिनिधित्व गर्दै उनले मेरो माइक्रोफाइनान्सको अध्यक्ष पद सम्हाल्नेछन् ।

कम्पनीको पाँचौं वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यहरु समेत निर्बिरोध चयन गरेको छ । सञ्चालकहरुमा जनता बैंक नेपालका तर्फबाट पृथ्वीनारायण श्रेष्ठ, ग्लोबल आइएमइ बैंकका तर्फबाट आरती राज्यलक्ष्मी राणा र देवः बिकास बैंकको तर्फबाट नरेश सिहं बोहोरा चयन भएका छन् ।

यस अघिका सञ्चालक समितिको अध्यक्ष सिटिजन्स बैंक ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पदबाट राजिनामा दिएसँगै साधारणसभाले नयाँ अध्यक्ष चयन गरेको हो । मेरा माइक्रोफाइनान्सले हाल ४५ जिल्लाका ग्रामीण तथा सहरोन्मुख क्षेत्रका बिपन्न समुदायमा ७० शाखा कार्यालयहरु मार्फत लघुु वित्तीय कारोवार संचालन गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL