Logo

वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी, कुन पदमा कति ?

वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी, कुन पदमा कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले १ सय ६ जनाका कर्मचारी माग गरेको छ । निगमले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा उक्त कर्मचारी माग गरेको हो ।

निगमले ४ तहदेखि ७ तहसम्मका लागि कर्मचारी माग गरेको हो । जसमा चौथो तहको वायुयान मर्मत संभारदेखि सातौं तहको मर्मत संभारको प्राविधिकसम्म माग गरेको छ ।

कम्पनीले सबैभन्दा बढी कर्मचारी छैठौं तहमा माग गरेको छ । उक्त पदमा विभिन्न क्षेत्रमा गरी २८ जना माग गरेको छ । यसैगरी सातौं तहमा २७ जना माग गरेको छ ।

निगमले असोज आजको मितिले २१ दिनभित्र आवेदन दिन सकिने छ । सोका लागि निगमको केन्द्रिय कार्यालमा आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।

सो पदमा प्लस टु र सिटिइभीटीबाट प्राबिधिक बिषय अध्ययन गरेकाहरुले पनि आवेदन दिन सक्नेछन् । निगमका अनुसार चौथो र पाँचौं तहमा आवेदन दिनेले ५ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ भने छैठौं र सातौँ तहमा आवेदन दिने ७ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ ।

एक भन्दा बढि समुहमा आवेदन दिँदा चौथो र पाँचौं समुहकाले थप २५० र छैँठौं र सातौँ समुहकाले ३५० रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL