Logo

सेनाले माग्यो प्राबिधिकतर्फ ३९ जना अधिकृत

सेनाले माग्यो प्राबिधिकतर्फ ३९ जना अधिकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली सेनाले ३९ जना अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । सेनाले प्राबिधिकतर्फ खुला तथा समावेशी रुपमा पदपूर्तिको लागि सूचना प्रकाशन गरेको हो ।

विशेषरी पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति माग गरेको हो ।

सेनाले सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ । जसमा १५ जना कर्मचारी माग गरेको छ ।

सो पदमा आवेदन दिने चाहने उम्मेदवारको भदौ १२ गतेसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL