Logo

एनसेलको प्रबन्ध संचालक परिवर्तन, अमरासेकराले सम्हाले कार्यभार

एनसेलको प्रबन्ध संचालक परिवर्तन, अमरासेकराले सम्हाले कार्यभार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलको प्रबन्ध संचालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

एनसेलका पूर्व प्रबन्ध सञ्चालक साइमनजोन पर्किन्सले आजीयाटाको प्रधानकार्यालयमा सरुवा भएका छन् । उनले आजीयाटामा रहेर दक्षिण एशियाबजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी कार्यभार सम्हाल्ने छन् ।

नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गरेका उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको अनुभव संङ्गालेका छन् ।

भारत, मलेसिया, श्रीलङकातथा सिङगापुर लगायतकाविभिन्न देशहरुकाचर्चित दूरसञ्चार कम्पनीकाम गरेको विस्तृत अनुभवले एनसेललाई डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पुर्याउने एनसेल सञ्चालक समितिको विश्वास छ ।

सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पुर्याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापितगर्दै, डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पुर्याउने एनसेलका नवनियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले बताए ।

एनसेलसँग आवद्ध हुनु अघि अमरासेकरा आजीआटा ग्रूप बर्हादको प्रधानकार्यलय क्वालालम्पुरमा रणनीतिक परियोजना निर्देशकको रुपमा काम गर्दै आएको थिए ।

को हुन अमरासेकरा ?

अमरासेकराले सन् २०१४ देखि २०१७ सम्म एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रुपमा सम्पूर्ण भारतको फोरजी÷एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारीअर ब्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिदै आफ्नो कार्यभार सफलतापुर्वक सम्हालेका थिए । एयरसेल लिमिटेडसँग आवद्ध हुनु अधि अमरासेकराले म्याक्सिस् बहार्द, क्वालालम्पुर, मलेसियाको लागि सह प्रमुख अपरेटिङ् अधिकृतका रुपमा काम गरेका थिए ।

उनकै नेतृत्वमा म्याक्सिस् मलेसियामा फोरजी सेवा व्यावसायीक रुपमा सुरु गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो । म्याक्सिमा रहदा उनले ब्रिजएलायन्सको बोर्डको सदस्यको रुपमा पनि काम गरेका थिए । यो एलायन्स ७५ करोड भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विभिन्न ३७ अग्रणी मोबाइल सेवा प्रदायकहरुको संगठन हो ।

यस अघि अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्चतहमा रहेर काम गरेका थिए । त्यसपश्चात् उनले श्रीलङकाको मोबीटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए ।

अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जिनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL