Logo

छ्याङ्दी हाइड्रोको पैसा आजबाट फिर्ता, १७ बैंकको खातामै जाने

छ्याङ्दी हाइड्रोको पैसा आजबाट फिर्ता, १७ बैंकको खातामै जाने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । छ्याङ्दी हाइड्रो पावरले प्राथमिक सेयर निष्काशन गर्दा नपरेको पैसा आजबाट फिर्ता दिन शुरु गरेको छ । छ्याङ्दीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार साढे ११ बजेदेखि सेयरमा नपरेको रकम फिर्ता दिन शुरु गरेको हो ।

कम्पनीले बिभिन्न १७ वटा बैंकबाट आवेदन दिने लगानीकर्तालाई भने खातामै रकम जम्मा गरिदिने भएको छ । ग्लोबल आईएमई, प्रभु, इन्भेष्टमेन्टलगायत १७ वटा बैंकको खाता नम्बर उल्लेख गरी आवेदन दिएका लगानीकर्तालाई सम्बन्धित खातामै रकम जम्मा गरिदिने भएको छ ।

तर, अन्य बैंक वित्तीय संस्थाको खाता नम्बर उल्लेख गरी आवेदन दिएका लगानीकर्तालाई भने सम्बन्धित संस्थामै गएर रकम फिर्ता लिन आग्रह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL