Logo

१६६ प्रतिशत हकप्रद सेयरका लागि हिमालयन इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

१६६ प्रतिशत हकप्रद सेयरका लागि हिमालयन इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्नका लागि सेयर धनी किताब (बुक क्लोज) को मिति तोकेको छ ।

कम्पनीले जारी गर्न लागेको १ बराबर १.६६ कित्ता अर्थात १ सय ६६ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको हो । हिमालयनले यही असार १६ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि १ रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL