Logo

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै लुम्बिनी इन्स्योरेन्स, कहिले हुँदै छ बुक क्लोज ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै लुम्बिनी इन्स्योरेन्स, कहिले हुँदै छ बुक क्लोज ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बीमा समितिले इन्स्योरन्स कम्पनीको चुक्ता पूँजी बढाउने निर्णय गरेसँगै सोका लागि हकप्रद जारी गर्ने होडबाजी चलेको हो ।

कम्पनीले हकप्रद जारी गर्ने सम्बन्धमा भर्खरै मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको हो । हकप्रद भर्नका लागि लुम्बिनीले यही असार १३ गते सेयर धनी किताब खाता (बुक क्लोज) बन्द गर्ने भएको छ । असार १२ गतेसम्म सेयर किन्ने लगानीकर्ताले लुम्बिनीको हकप्रदमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL