Logo

यामाहा फेस अफ फेसिनोको बिजेता घोषणा, चन्दक र शाहलाई फेसिनो

यामाहा फेस अफ फेसिनोको बिजेता घोषणा, चन्दक र शाहलाई फेसिनो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका बिजेताको नाम घोषणा गरेको छ । सो कन्टेस्टमा पोखराकी अलिना लामिछाने गुरुङ बिजेता भएकी छिन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ प्राप्त गरेकी छिन् ।

यमाहाले मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । सो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् । यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र डा रविना देशराज श्रेष्ठ, निलम चन्द र ओशिमा बानुको निर्णायक मण्डलले उनलाई फेस अफ फेसिनो घोषणा गरेका हुन् ।

मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लकी ड्रमार्फत १ लाख ४० हजार ८ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको बिजेताको नाम निकालेकी हुन् । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म संचालन भएको थियो ।

एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरुप प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL