Logo

एनबी इन्स्योरेन्सको १९ औं शाखा जावलाखेलमा, थप शाखा विस्तार गर्दै

एनबी इन्स्योरेन्सको १९ औं शाखा जावलाखेलमा, थप शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले ललितपुरकोे जावलाखेलमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन आज एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएको भन्दै कम्पनीका लगानीकर्ता, संचालक समिति, ब्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिन निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए । यससँगै कम्पनीको १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले हालै १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्दै ५४ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । साथै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने ढकालले जानकारी दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७२÷०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आबको तेश्रो त्रेमाससम्ममा ४९ कारोड रुपैयाँ बीमा शुल्क आर्जन गरी ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बताए । सागै हासम्म आइपुग्दा ६० करोड रुपैयाँ बीमा शुल्क संकलन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL