Logo

माइक्रोम्याको बोल्ट डी ३२० बजारमा, मुल्य रु ७ हजार ३ सय

माइक्रोम्याको बोल्ट डी ३२० बजारमा, मुल्य रु ७ हजार ३ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा बोल्ट डी ३२० मोडलको मोवाइल ल्याएको छ । कम्पनीले बजारमाम ल्याएको सो मोवाइलमा एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यसैगरी मोवाइलमा १ दशमलव २ गिगाहर्ज डिउलकोर प्रोसेसर रहेको हुँदा मल्टीप्रपोजका लागि समेत चलाउन सकिने छ ।

यक्त मोवाइलमा स्क्रिन ४ दशमलव ५ इञ्चको स्क्रिन रहेको छ । जसले गर्दा विभिन्न खेल तथा चलचित्रहरूको आनन्दसँग खेल्न र हेर्न सकिने छ । सो फोनमा एलइडी फ्ल्यास सहितको ३ दशमलव २ मेगा पिक्सेलको क्यामरा रहेको छ भने २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

मोवाइलमा १ हजार ६ सय मोगाहर्ज क्षमता भएको लिथियम ब्याट्रि छ जसले यो मोबाईलमा रहेको अत्याधुनिक सुविधाहरुको कार्य क्षमता बढाउने छ । कम्पनीले बजारम ल्याएको उक्त मोवाइलको बजार मुल्य ७ सय ३ सय ७० रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL