Logo

पुनः ओरालो लाग्यो नेप्से, २ दिनमै ५० प्रतिशतले घट्यो कारोबार रकम

पुनः ओरालो लाग्यो नेप्से, २ दिनमै ५० प्रतिशतले घट्यो कारोबार रकम



काठमाडौं । बुधबार नेप्से परिसुचक पुनः ओरालो लागेको छ । सोमबार नेप्से परिसुचक र कारोबार रकम दुबैमा उल्लेख्य वृद्धि भएपनि बुधबारसम्म आईपुग्दा उच्च रुपमा घट्न पुगेको हो ।

बुधबार सोमबारको तुलनामा कारोबार रकममा ५० प्रतिशत भन्दा बढीले गिरावट आएको छ भने परिसुचक ४ अंकले घट्न पुगेको छ । सोमबार केही समय यताकै सबैभन्दा बढी ५७ करोड रुपैयाँको सेयर खरिदविक्री भएको थियो । तर बुधबार खस्किदै २७ करोडमा सिमित भएको हो । बिहानैदेखि ओराले लागेको बजारमा ट्रेडिङ, फाईनान्स र अन्य समुहका बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन ।

कुल १ सय ५४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभाव बीमा समुहमा देखिएको छ । बुधबार जिबन बीमा समुहको परिसुचकमा ४० अंकको गिरावट आएको छ । साथै निर्जिवन बीमा समुहको परिसुचकमा ५ अंकको गिरावट आउँदा होटल समुहका परिसुचक भने ७ अंकले ओरालो लागेका हा ।

यस्तै बजारमा सबैभन्दी बढी प्रभुत्व रहेको बैंकिङ समुह ५ अंकले ओरालो लाग्दा म्यानुफ्याक्चर समुहको परिसुचकमा २० अंकको पहिरो गएको हो । बुधबार १ सय ५४ कम्पनीका ९ लाख ८ हजार कित्ता सेयर खरिदविक्री भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL