Logo

एक दिन पनि टिकेन नेप्सेको चमक, परिसूचक र कारोबार रकम दुबै ओरालो लाग्यो

एक दिन पनि टिकेन नेप्सेको चमक, परिसूचक र कारोबार रकम दुबै ओरालो लाग्यो



काठमाडौं । साताको दोस्रो दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचकमा मंगलबार ५ अंकको गिरावट आएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचकमा अन्तिम समयमा ५ दशमलव ६१ अंकको गिरावट आएको हो ।

लगातार घटिरहेको नेप्से परिसुचकमा सोमबार कारोबार रकम र परिसुचक दुबैमा चमक देखिएपनि मंगलबारसम्म भने त्यो चमक रहन सकेन । नेप्से परिसुचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार कुल १ सय ६१ कम्पनीका १० लाख २ हजार कित्तामार्फत ३७ करोड ९८ लाख रुपैया कारोबार भएको छ ।

मंगलबार उत्पादनमुलक समुहबाहेक सबै समुहका परिसुचक ओारालो लागेका छन । उत्पादनमुलक समुुहको परिसुचक ९ अंकले उकालो लाग्दा बीमा समुहको परिसुचकमा बढी गिरावट आएको छ ।

मंगलबार निर्जिवन बीमा समुहको परिसुचकमा ५५ अंकको गिरावट आउँदा जिवन बीमा समुहको परिसुचकमा ५ अंकको गिरावट आएको छ । यस्तै होटल समुहको परिसुचकमा १३ अंकको गिरावट आउँदा बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने ५ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL