Logo

एनआईबिएल एस क्यापिटलको लालदरवार शाखा पुतलिसडकमा स्थानान्तरण

एनआईबिएल एस क्यापिटलको लालदरवार शाखा पुतलिसडकमा स्थानान्तरण



काठमाडौं । एनआईबिएल एस क्यापिटलको काठमाडौंको लालदरवारमा रहेको शाखा पुतलिसडकमा स्थानान्तरण गरिएको छ । शाखा स्तानान्तरणसँगै लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु नयाँ शाखाबाट हुने भएकाले सोही बमोजिम गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको सो कम्पनीले मर्चेन्ट बैंकिङ अन्तरगतका सम्पूर्ण सेवा तथा सामूहिक लगानी कोषलगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सम्पूर्ण शाखाल तथा कम्पनीको पुतलिसडक, काठमाडौं, लगनखेल, ललितपुर, चिप्लेढुङ्गा, पोखरा, विरगंज, विराटनगर र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराउँदै आईरहेको छ ।

कम्पनीले स्थानान्तरण गरेको शाखामार्फत निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तरगतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL