Logo

बिहीबारदेखि विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरु, जुत्ताचप्पल खरिदमा ७० प्रतिशत सम्म छुट

बिहीबारदेखि विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरु, जुत्ताचप्पल खरिदमा ७० प्रतिशत सम्म छुट



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि ‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’ (मेला) सुरु भएको छ । मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् ।

उक्त मेलामा उपभोक्तालाई बिभिन्न ब्राण्डका जुत्ता एउटै छानोमुनि पाउने अवसर भएको शिखर सुजका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिएका छन ।

बिहीबारदेखि सुरु भएको सो मेलामा बिभिन्न ब्राण्डका जुताचप्पलहरुमा ७० प्रतिशतसम्म छुट हुने छ । जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएका छन । मेलामा विवाहका समय लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उपाध्यायले बताए ।

मेलामा २ सय ५० रुपैयाँमा चप्पल र ५ सय रुपैयाँदेखि माथीका जुत्ता उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिएका छन । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL