Logo

यसै महिनादेखि मास प्रिन्टरबाट स्मार्ट लाईसेन्स छाप्दै यातायात विभाग, परिक्षण सम्पन्न

यसै महिनादेखि मास प्रिन्टरबाट स्मार्ट लाईसेन्स छाप्दै यातायात विभाग, परिक्षण सम्पन्न



काठमाडौं । यातायात व्यवस्था विभागले कात्तिक महिनाभित्रै नयाँ प्रिन्ट मेशिनमार्फत स्मार्ट लाईसेन्सको छपाई गर्ने भएको छ । गत भदौमै भारतबाट स्मार्ट लाईसेन्स प्रिन्ट गर्ने मास प्रीन्टर आईपुगेपनि सम्पुर्ण तयारीपश्चात यसै महिनादेखि छपाई सुरु गर्न लागेको हो ।

laxmi

यसअघि मेशिन ल्याएपश्चिात विभिन्न उपकरणहरुको जडान, सफ्टवेयर फिट लगायतका कामहरुका कारण छपाई ढिला भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार परिक्षणका लागि हाल ७ सय स्मार्ट लाईसेन्स उक्त नयाँ मास प्रिन्टरबाट छापिएको छ । सोही अनुसार मेशिनको सफ्टवेयर र ईन्टरकनेक्सन मिलाएर यसै महिनाभित्रै अन्य सबै लाईसेन्सको छपाई गर्ने उनको भनाई छ ।

विभागमा हाल ७ सय बढी स्मार्ट लाईसेन्स वितरण गर्न बाँकी छन । त्यस्तै पछिल्लो समय खुलेको नयाँ अनलाईन फारमले केही थप समेत भएका छन । विभागले उक्त सबै वितरण गर्न बाँकी लाईसेन्स अबको ३ महिनामा वितरण गरिसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL