Logo

सामुदायिकका लगानीकर्तालाई बम्पर अफर, ३२ प्रतिशत बोनस सेयर ५० प्रतिशत हकप्रद

सामुदायिकका लगानीकर्तालाई बम्पर अफर, ३२ प्रतिशत बोनस सेयर ५० प्रतिशत हकप्रद



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३२ प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनी संचालक समितिको कात्तिक ८ गते बसेको बैंठकले सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय भएको छ ।

यसैगरी कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धिका लागि हकप्रद सेयर समेत जारी गर्ने भएको छ ।

आगामी दिनमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अधि बढाएको छ । उक्त प्रस्तावलाई संचालक समितिले नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पठाउने भएको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गरेर लगानीकर्तालाई वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL