Logo

सेयर बजारमा यो साता पनि पुगेन अर्बमाथि कारोवार

सेयर बजारमा यो साता पनि पुगेन अर्बमाथि कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १ सय ५५ कम्पनीको ३४ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर ९३ करोड ४३ लाख ९६ हजार ९७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४ दशमलव ०३ विन्दुले ओरालो लागेर १ हजार १ सय ३३ दशमलव ७१ विन्दुमा पुग्यो ।

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १ सय २८ कम्पनीको ४ लाख २१ हजार ४ सय ७४ कित्ता शेयर ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १ दशमलव ३३ विन्दुले घटेर एक हजार १ सय ३२ दशमलव ४० विन्दुमा पुग्यो । कूल १ सय ४५ कम्पनीको ६ लाख ८ हजार ६ सय १ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २ दशमलव ४० विन्दुले बढेर १ हजार १ सय ३४ दशमलव ७९ विन्दुमा पुग्यो । कूल १ सय ५५ कम्पनीको छ लाख ४५ हजार ४ सय ५३ कित्ता शेयर १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँ बराबरको कारोवार भए ।

बुधबार नेप्से परिसूचक झण्डै ८ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७ दशमलव ७९ अङ्कले बढेर १ हजार १ सय ४२ दशमलव ६० मा पुग्यो । कूल १ सय ५३ कम्पनीका ६ लाख ४ हजार ७ सय २८ कित्ता शेयर १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँमा खरीद बिक्री भए । बिहीबार कूल १ सय ५५ कम्पनीको १२ लाख चार हजार १५ कित्ता शेयर ३२ करोड ७६ लाख ३२ हजार २ सय ५८ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।रासस
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL