Logo

सोनालिका ट्रयाक्टर र पेट्रोनस आयलबीच सम्झौता, नेपालका लागि लुब्रि–एक्स सार्वजनिक

सोनालिका ट्रयाक्टर र पेट्रोनस आयलबीच सम्झौता, नेपालका लागि लुब्रि–एक्स सार्वजनिक



काठमाडौं । नेपाली बजारमा बिक्री वितरण हुने सोनालिका ब्राण्डको ट्र्याक्टर र पेट्रोनस आयलबीच सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच सोनालिका ट्र्याक्टरमा पेट्रोनस तेलको प्रयोग गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सहकार्यसँगै पेट्रोनस आयलले नेपाली बजारमा लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल सार्वजनिक समेत गरेको छ ।

पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले उक्त तेल सार्वजनिक गरेका छन ।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्छ । त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउछ ।

उक्त इन्जिन आयल १, ८ दशमलव ५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ । उक्त आयल नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ । उक्त धमाका अन्तर्गत अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरिएको छ ।

सो अवसरमा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो । पेट्रोनस र सोनालिका आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै परिचित कम्पनी हुन् । सन् १९७४ मा स्थापित मलेसियन कम्पनी पेट्रोनसका अटोमोटिभ तथा इन्डष्ट्रियल लुब्रिकेन्ट विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन् । विश्वका प्रमुख १० लुब्रिकेन्ट कम्पनीमा पेट्रोनस पनि पर्छ ।

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL