Logo

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’, ३० प्रतिशत डाउनपेमेन्टमा बाईक

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’, ३० प्रतिशत डाउनपेमेन्टमा बाईक



काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ को आयोजना गर्ने भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त मेला आयोजना गर्ने जानकारी दिएको हो ।

laxmi

कार्तिक १ गतेदेखि ५ गतेसम्म संचालन हुने उक्त मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा पाउने रहेको छ । यस्तै एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मुल्याँकन जस्ता उत्कृष्ट अफरहरु रहेका छन । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

यस्तै कम्पनीले ‘टिभिएस दशैंको दौड’ योजना समेत सार्वजनिक गर्ने भएको छ । उक्त योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सकिनेछ यस्तै बाईक किन्दा भने १ सय प्र्रतिशत नै नगद फिर्ता पाउन सकिने र साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL