Logo

आइएमईको डबलको डबलको डबल अफरको बिजेता घोषित, २ जनाले पाए रेमिटान्सको ४ गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरको बिजेता घोषित, २ जनाले पाए रेमिटान्सको ४ गुणा बढी रकम



काठमाडौं । आईएमई डबलको डबलको डबल अफरको पहिलो महिनाको बिजेता घोषित भएका छन । कम्पनीले बिहीबार एक कार्यक्रमका बीच सेवाग्राही सोमर तामाङ र विशाल नगरकोटीलाई उक्त अफरको पहिलो महिनाको बिजेता घोषित गरेको हो ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राही तामाङ र नगरकोटी विजेता घोषित भएका हुन् । बिजेताले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफुले पठाएको रकमको चार गुणाबढी रकम प्राप्त गरेका छन् ।

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर लगायत १२ जना भने सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् । विजेता सवैले आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL