Logo

भिभोको ‘भी १७ प्रो’ मोबाईल सार्वजनिक, यस्ता छन विशेषता

भिभोको ‘भी १७ प्रो’ मोबाईल सार्वजनिक, यस्ता छन विशेषता



काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो फ्ल्यागशिप डिभाईस भी १७ प्रो लन्च गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै क्वाड रियर क्यामरासहितको उक्त फोन नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको उक्त फोनमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्युल पप अप सेल्फी क्यामरा राखिएको जानकारी दिएको छ ।

उक्त फोनमा ८ जीबी र्याम र १ सय २८ जीबी रोम रहेको छ । यस्तै उक्त फोनको अप्सनको रुपमा क्रिस्टल ब्ल्याक र क्रिस्टल ह्वाईट कलरमा उपलब्ध रहेको छ ।

बिहीबार सार्वजनिक भएको उक्त फोनमा प्रयोग गरिएको डुयुल ३२ मेगापिक्सेल र सुपर वाईड एंगल क्यामराहरुले सेल्फीका लागि नयाँ सोच कायम गरेको कम्पनीले जानकारी दिएको छ । सुपर वाईड एंगल क्यामराले १ सय ५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ । यस्तै यसमा भएको ४८ मेगापिक्सेलको एआई क्यामराले सबै वस्तु खिच्न सकिन्छ ।

यसमा २८ मेगापिक्सेलमो मुख्य क्यामरा, २३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाईड एंगल प्लस सुपर म्याक्रो तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेको छ ।

यस्तै फोनमा १६ दशमलव ३६ ईन्चको फुल भ्यु डिस्प्ले रहेको छ । जसले ९१ दशमलव ६५ प्रतिशतको स्क्रिन टु बडी रेसियोको भ्यु दिन्छ । यस्तै फोनमा सहज पर्फरमेन्स रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL