Logo

सुजुकी एस प्रेसोको बुकिङ खुल्ला, सुरुवाती मूल्य २३ लाख

सुजुकी एस प्रेसोको बुकिङ खुल्ला, सुरुवाती मूल्य २३ लाख



काठमाडौं । सुजुकी गाडीको नेपालका लागि अधिकृत विक्रेता सिजी मोटोकर्पले सुजुकी एस प्रेसोको बुकिङ खुल्ला गरेको छ । यात्रुको सहजीकरण र सुविधाका लागि एसयुभी डिजाईनको उक्त गाडीको बुकिङ खुल्ला गरिएको कम्पनीले जानकारी दिएको हो ।

उक्त गाडीको उच्च ग्राउन्ड क्लियरेन्स, उच्च शक्तीका साथै २१ दशमलव ७ किलोमिटर प्रति लिटर माईलेज रहेको छ । कम्पनीले बुकिङ खुल्ला गरेको उक्त गाडीको मूल्य भने २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL