Logo

टिभिएसको डाउनलोड एण्ड विन चाडपर्व अफर सार्वजनिक, स्टिकर डाउनलोड गरे स्कुटर उपहार

टिभिएसको डाउनलोड एण्ड विन चाडपर्व अफर सार्वजनिक, स्टिकर डाउनलोड गरे स्कुटर उपहार



काठमाडौं । जगदम्बा मोटर्सको टिभिएस दुई पाङग्रे सवारी साधनले म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्ने उद्देष्यले उक्त योजना सार्वजनिक गरेको हो ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्नेछ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् ।

अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ । यो स्कुटर १ सय ९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इन्जीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको क्लासीक स्कुटर हो । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL