Logo

दशैं अघिको अन्तिम दिन नेप्सेमा पलायो जमरा, कारोबार १७ करोडमै सिमित

दशैं अघिको अन्तिम दिन नेप्सेमा पलायो जमरा, कारोबार १७ करोडमै सिमित



काठमाडौं । दशै अघिको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसुचक हरियो भएको छ । बजार खुलेको केही समय सामान्य घटेर उकालो लागेको नेप्से परिसुचमा अन्तमा ८ दशमलव ६९ अंकले बढ्न पुगेको हो ।

करिव दोहोरो अंकले बढेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक ८३ अंकले बढ्दा जिवन बीमा समुहको परिसुचक करिव ५० अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचमा पनि ६ दशमलव १५ अंकको वृद्धि भएको छ । यस्तै निर्जीवन बीमा समुहको परिसुचक ४० अंकले बढ्दा होटल समुह २२ अंकले उकालो लागेको छ ।

बजारमा नेप्से परिसुचक बढेपनि कारोबार रकमले भने गति लिन सकेको छैन । दशै अघि लगानीकर्ताहरु खर्चको जोहोमा लागेकाले पनि कारोबार धेरै हुन नसकेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

दिनभर कुल १७ करोड ६६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५३ कम्पनीको ६ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । बजामार सोल्टी होटलको ३ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा सिद्धार्थ बैंकको १ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । त्यसबाहेक अन्य कुनै पनि कम्पनीको कारोबार १ करोड रुपैयाँ पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL