Logo

काठमाडौंको डल्लुमा सुजुकीको आधुनिक सर्भिस सेन्टर, मासिक २ हजार कार सर्भिसिङ गर्न सकिने

काठमाडौंको डल्लुमा सुजुकीको आधुनिक सर्भिस सेन्टर, मासिक २ हजार कार सर्भिसिङ गर्न सकिने



काठमाडौं । सिजि अटोमोभ्सिले काठमाडौंको डल्लुमा सुजुकीको आधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सिजि अटोमोटिभ्स डिभिजन अन्तरगतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको डल्लुमा उक्त सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

laxmi

बिहीबारदेखि संचालनमा आएको उक्त सर्भिस सेन्टरको शुजुकी मोटर कर्पोरेशन, किन्जी साइतो जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

डल्लुमा सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३ हजार ३ सय ८१ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । उक्त सर्भिस सेन्टरमा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एरिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधा सहितको रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

अन्तरराष्ट्रिय शुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको उक्त सर्भिस सेन्टरमा प्रत्येक महिना २ हजार कार सर्भिसिङ गर्न सकिन्छ । सो सर्भिस सेन्टरमा ११ ओटा क्षेत्र रहेको छ भने थ्रिडी ह्वील अलाईन्टमेन्ट सिस्टम, अटो ब्रेकलगायतका सुजुकीको गाईडलाइन अनुसार स्पेसियल टुल्सहरु राखेको कम्पनीका बजार प्रमुख श्याम श्रेष्ठले जानकारी दिएका छन ।

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेट, ३९ स्थानमा सर्भिस सेन्टर तथा ३५० भन्दा बढी सर्टीफाईड पार्टस् आउटलेटहरु रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL