Logo

सुजुकीको ३७ औं नयाँ शोरुम नक्सालमा, स्मार्ट हाइब्रिड गाडीहरु उपलब्ध

सुजुकीको ३७ औं नयाँ शोरुम नक्सालमा, स्मार्ट हाइब्रिड गाडीहरु उपलब्ध



काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको नक्सालमा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो आधिकारिक शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी किन्जी साइता र सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका थिए ।

हालै सञ्चालनमा ल्याइएको शोरुम ४ हजार ५ सय ५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको कम्पनीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय शुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको उक्त शोरुममा सहजै आवत जावत गर्न, अवलोकन गर्न सकिन्छ । उक्त शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु उपलब्ध छन् । उक्त शोरुम कम्पनीको ३७ औं आउटलेट हो ।

प्रतिक्रिया दिनुहोस्
MBL