Logo

दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, स्कुटर उपहारदेखि बाली घुम्ने अवसर

दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, स्कुटर उपहारदेखि बाली घुम्ने अवसर



काठमाडौं । दशैको अवसर पारेर सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने उदेश्यका साथ सिटिसी मोबाइल हबले मोबाइल मेला सुरु गरेको छ । काठमाडौंको सुनधारमा रहेको सिटिसी मोबाईलहबमा विभिन्न ब्राण्डका मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो ।

उक्त मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर रहेको आयोजकले जानकारी दिएको छ । साथै मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताएका छन ।

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइने भएको छ । हरेकदिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउनेछन् ।

असोज ५ गतेबाट कातिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई पुरस्कार वितरण गर्ने भएको छ । प्रथम पुरस्कार यामाहाको रे जेट आर स्कूटर, दोस्रो एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ ।

मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैंयादेखि २ लाख १५ हजÞार सम्म मूल्यका मोबाइल उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL