Logo

लगानीकर्तालाई निरास बनाउदै चाउरियो नेप्से, कारोबार रकमले पनि छाड्यो साथ

लगानीकर्तालाई निरास बनाउदै चाउरियो नेप्से, कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । हप्ताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले आरालो लागेको छ । गत हप्ता मंगलबार र बुधबार दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक आईतबार १६ अंकले ओरालो लागेका हो ।

laxmi

गत हप्ता अर्थमन्त्रीको भाषणले उकालो लागेको नेप्से परिसुचक पुनः ओरालो लाग्न सुरु गरेसँगै लगानीकर्ता निरास हुन पुगेका छन । दोहोरो अंकले घटेको बजारमा अन्य समुहको परिसुचक बाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन ।

आईतबार सबैभन्दा बढी बीमा समुहको परिसुचकमा गिरावट आएको पाईएको छ । निर्जिवन बीमा समुहको परिसुचकमा १ सय २४ अंकको गिरावट आउँदा जिबन बीमा समुहको परिसुचकमा भने ८० अंकको गिरावट आएको छ ।

यस्तै होटल समुहको परिसुचकमा ६० अंकको गिरावट आउँदा बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने ११ अंकको पहिरो गएको छ । आईतबार परिसुचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । दिनभरी १ सय ६६ कम्पनीका ८ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर किनवेच भएका थिए । साथै आईतबार दिनभरी २२ करोड ६९ लाख रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL