Logo

आईएमएस ग्रुपले भित्र्यायो क्यानडाको बेबी ब्राण्ड ‘बीबीलभ’, स्मार्ट डोकोबाट पनि उपलब्ध

आईएमएस ग्रुपले भित्र्यायो क्यानडाको बेबी ब्राण्ड ‘बीबीलभ’, स्मार्ट डोकोबाट पनि उपलब्ध



काठमाडौं । आईएमएस ग्रुप अन्तरगतको आईएमएस लिटिल स्माईल्सले बीबीलभ ब्राण्डका सामग्री नेपाल भित्र्याएको छ । कम्पनीले साना बच्चाहरुलाई लक्षित गर्दै क्यानडाको बीबीलभ ब्राण्डका सामाग्रीहरु नेपाल भित्र्याएको हो । आईएमएस लिटील स्माईल्स बीबीलभ ब्राण्डको आधिकारिक विक्रेता पनि हो ।

साना बच्चाहरुका लागि आवश्यक उक्त सामाग्रीहरु कम्पनीको आफ्नै सोरुम सिटी सेन्टर, कमल पोखरीमा उपलब्ध छन । जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम भएको कम्पनीले जानकारी दिएको छ ।

क्यानेडियन ब्राण्ड बीबीलभले बच्चाहरुलाई खाना खुवाउने, बढाउने, नुहाउने, बाहिर हिँडाउने लगायत कार्यका लागि गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आईरहेको छ । कम्पनीले उक्त ब्राण्डका उत्पादनहरु अनलाईन स्टोर स्मार्ट डोकोबाट पनि उपलब्ध हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL