Logo

यसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै

यसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै



काठमाडौं । यातायात व्यवस्था विभागले यसै हप्तादेखि सवारीचालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने तयारी गरेको छ । लामो समयदेखि प्रिन्टरको अभावमा रोकिएको स्मार्ट लाईसेन्सको छपाई मास प्रिन्टर आएपछि एसैहप्ताबाट सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले ३ हप्ता अघिमात्रै स्मार्ट लाईसेन्स छाप्नका लागि मास प्रिन्टर नेपाल ल्याएको थियो । हाल विभागमा ट्रायल दिएका ६ देखि ७ लाख सवारीचालकका लाईसेन्स वितरण नगरी ब्याकलकमा रहेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भने जतिसक्टो चाँडो ब्याकलकमा रहेका उक्त लाईसेन्स वितरण गरिने छ । जसका लागि विभागले श्रमिकलाई ३ सिफ्टमा विभाजित गर्दै प्रतिदिन १८ घण्टा लाइसेन्स छाप्ने काम गरिने उनको भनाई छ ।

भारतको मद्रास सेक्युरिटिजले उपलब्ध गराएको उक्त प्रिन्टरले प्रतिघण्टा साढे ४ सय ओटा लाईसेन्स छाप्ने क्षमता राख्दछ । यसरी दैनिक १८ घण्टा लाइसेन्स प्रिन्ट गर्दा २ देखि ३ महिनामा ब्याकलकमा रहेका लाईसेन्स वितरण गरिसक्ने विभागको तयारी छ । जसको फलस्वरुप ब्याकलकमा रहेका लाईसेन्स वितरण पस्चात ट्रायल दिएको केही दिनमै स्मार्ट लाईसेन्स उपलब्ध हुने विभागका महानिर्देशक हमालले जानकारी दिए । विभागमा हाल मद्रास सेक्युरिटिजले उपलब्ध गराएका ७ ओटा प्रिन्टर काम नलाग्ने अवस्थामा छन ।

प्रतिक्रिया दिनुहोस्
MBL