Logo

सिटी एक्सप्रेसको एजेन्ट मीट सम्पन्न, २ सय भन्दा बढि एजेन्ट सहभागी

सिटी एक्सप्रेसको एजेन्ट मीट सम्पन्न, २ सय भन्दा बढि एजेन्ट सहभागी



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा उक्त मिट सम्पन्न गरेको हो । उक्त कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २ सय भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजार भन्दा बढी एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL