Logo

जनता क्यापिटलको साधारणसभा सम्पन्न, लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांस

जनता क्यापिटलको साधारणसभा सम्पन्न, लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांस



काठमाडौं । जनता क्यापिटलले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न प्रथम साधारणसभाले लगानीकर्तालाई दिन लागेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

मर्चेन्ट बैंकरहरुमध्ये आर्थिक बर्ष २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न जनता क्यापिटल सफल भएको छ ।

यस्तै साधारण सभाले सभाले आब २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आब २०७५/७६ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै आब २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL