Logo

पूँजीबजारका सरोकारवालालाई अर्थमन्त्रीको चेतावनी, सरकारले हस्तक्षेप गर्न नपरोस

पूँजीबजारका सरोकारवालालाई अर्थमन्त्रीको चेतावनी, सरकारले हस्तक्षेप गर्न नपरोस



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारलाई हस्तक्षेप हुनबाट बचाउन आग्रह गरेका छन । पछिल्लो समय पूँजीबजारको दायरा, अवस्था र सुचकको वृद्धिदर राम्रै भएपनि सरकार विरुद्धका हल्लाले सरकारले नै पूँजीबजार हस्तक्षेप गर्न सक्ने उनले संकेत गरेका हुन । उनले सम्बद्ध सरोकारवालाहरुलाई चुनौती दिँदै पूँजीबजारलाई सरकारद्धारा हस्तक्षेप गर्नुपर्ने बाध्यताबाट जोगाउन निर्देशन दिएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौं बार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा. खतिवडाले सरकारले लगानीकर्ता तथा पूँजीबजार सँग सम्बन्धित सरोकारवालालाई बाटो देखाईदिएको बताएका छन । घोडा र पानीको उदाहरण दिँदै सरकारले घोडालाई पानीसम्म पुर्याईदिएको र घोडाले पानी खाने वा नखाने घोडाको काम भएको उनको भनाई थियो ।

उनले कार्यक्रममा बोल्दै पूँजीबजारलाई खेलौना नबनाउन समेत आग्रह गरेका छन । पछिल्लो ३ देखि ४ बर्षमा नेपालको आर्थिक क्षेत्रका प्रायजसो सुचकहरु सकारात्मक भएपनि देशभित्रैको गिरोहले सरकारको विरोध गर्न नकारात्म हल्ला फैलाउने काम गरिरहेको उनको भनाई थियो ।

यस्तै उनले नेपालमा सिर्जना भएका प्रायजसो रोजगारमा विदेशी श्रमिकले हस्तक्षेप गरिरहेको उनको भनाई छ । ‘नेपालमा रोजगार नपाईने होईन,’ तर नेपाली कामदार विदेश जाने र विदेशी कामदार भने नेपालमा आएर काम गर्ने प्रवृत्तिको अन्त्य हाल लागु गरिएको स्थायी लेखा नम्बर (प्यान) नंवरले गर्नेछ ।’

हाल नेपालका सातै प्रदेशको आर्थिक वृद्धि तथा अन्य सुचकहरु पनि सकारात्मक भएको उनको भनाई छ । यस्तै उनले बैंकिङ क्षेत्रको दायरा समेत ३/४ बर्षमा अधिक रुपले बढेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL