Logo

सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएस मा आवद्ध

सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएस मा आवद्ध



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउस बिच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुने भएको हो । सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL