Logo

भदौ २५ बाट फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु हुँदै, तयारी पुरा

भदौ २५ बाट फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु हुँदै, तयारी पुरा



काठमाडौं । ७ औं फर्निचर तथा फर्निसिङ एक्स्पो २०१९ यही भदौ २५ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

फर्नेक्सले यही भदौ २५ गते देखि सुरु हुने ७ औं संस्करणको फर्नेक्स एक्सपोको सम्पूर्ण तयारी समेत भईसकेको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रभानले जानकारी दिएका छन ।

५ दिन सम्म चल्ने उक्त मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छ । साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादनहरु समेत रहने अध्यक्ष प्रधानले जानकारी दिएका छन ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नभई उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई रहेको छ । साथै फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन समेत उक्त मेलाले सहयोग पुर्याउने आयोजकको अपेक्षा रहेको छ ।

५ दिनसम्म चल्ने सो मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० स्टल रहनेछन भने करिब ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL