Logo

रिचार्जरको बिग सेल अफर, ४९९ रुपैंयामा मोबाइल

रिचार्जरको बिग सेल अफर, ४९९ रुपैंयामा मोबाइल



काठमाडौं । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४ सय ९९ रुपैंयामा मोबाइल अफर संचालन हुने भएको छ । उक्त मेला यही बिहीबार मध्यान्ह १२ बजेदेखि ४ बजे सम्म संचालन हुने छ । उक्त मेलामा ग्राहकले ४ सय ९९ रुपैयाँमा मोबाईल खरिद गर्न सक्नेछन ।

रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले उक्त ४ घण्टा अवधिभित्र १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा राखेको बताएका छन ।

रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना समेत सार्वजनिक गरेको छ । योजना अनुसार बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको खातामा नगद फिर्ता हुने छ ।

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था गरेको छ । रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने जानकारी समेत दिएको छ ।

‘अहिले लिनुहोस, पछि तिर्नुहोस’ योजना सहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो । मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने छ । मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL