Logo

नेप्सेमा १४ अंकको गिरावट, ४० करोडको कारोवार

नेप्सेमा १४ अंकको गिरावट, ४० करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचकमा १४ अंकको गिरावट आएको छ । हप्ताको पहिलो दिन ११ दशमलव ६३ अंकले घटेको नेप्से परिसुचक सोमबार पनि १४ दशमलव ४५ अंकले ओरालो लागेको हो । दोहोरो अंकले घटेको बजारमा सबै परिसुचकहरु ओरालो लागेका छन ।

laxmi

जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । बजारमा सोमबार जिवन बीमा समुहको परिसुचकमा ९५ दशमलव ६८ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा भने ७१ दशमलव २७ अंकको गिरावट आएको छ ।

यस्तै बजारमा माईक्रोफाईनान्स समुहको परिसुचकमा २४ दशमलव ९८ अंकको गिरावट आउँदा बजारमा धेरै प्रभाव रहेको बैकिङ समुहको परिसुचक भने १२ अंकले घट्न पुगेको छ । यस्तै जलविद्युत समुहको परिसुचकमा १४ दशमलव ७४ अंकको गिरावट आउँदा उत्पादन मुलक समुहको परिसुचक २० अंकले घटेको छ ।

सोमबार विहानै देखि ओरालो लागेको बजारमा दिनभरी १ सय ७१ कम्पनीका १३ लाख ८० हजार ६ सय ६० कित्तामार्फत ४० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL