Logo

आगामी हप्तादेखि सवारी अनुमतिपत्र छापिँदै, अब स्मार्ट लाईसेन्स लिन धेरै कुर्नु नपर्ने

आगामी हप्तादेखि सवारी अनुमतिपत्र छापिँदै, अब स्मार्ट लाईसेन्स लिन धेरै कुर्नु नपर्ने



काठमाडौं । यातायात व्यवस्था विभागले आगामी हप्तादेखि नयाँ ल्याईएको मास प्रिन्टरमार्फत सवारी चालक अनुमति पत्र स्मार्ट लाईसेन्स छपाई सुरु गर्ने भएको छ । लामो समयदेखि प्रिन्टर विग्रिएसँगै बन्द भएको स्मार्ट लाईसेन्सको छपाई नयाँ मास प्रिन्टर आएपछि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले २ हप्ता अघि उक्त मास प्रिन्टर ल्याएको र आगामी हप्तादेखि सोही प्रिन्टरमार्फत लाईसेन्स छपाई गर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । उनका अनुसार बिहीबार सम्म भारतबाट स्मार्टकार्ड आईपुग्ने र आगामी हप्तादेखि उक्त कार्डमा सेवाग्राहीको सम्पुर्ण विवरण छाप्ने काम हुनेछ ।

हाल विभागले उक्त लाईसेन्स छाप्ने कामका लागि विभागका केही कर्मचारीहरुलाई तालिम दिईरहेको छ । विभागका महानिर्देशक हमालका अनुसार हाल ७ लाख भन्दा बढि सेवाग्राहीका अनुमतिपत्रहरु ब्याकलोडमा छन । सुरुवातमा लाईसेन्स वितरण गर्नका लागि ३ सिफ्टमा कर्मचारी खटाउने र प्रतिदिन १८ घण्टा काम गरिनेछ ।

सोही अनुसार १ महिनामा साढे ३ लाख लाईसेन्स छाप्ने र साढे २ महिनापछि ब्याकलोडमा रहेका सबै लाईसेन्स वितरण गर्ने विभागको तयारी छ । साथै ३ महिनापछि विभागले सेवाग्राहीलाई लाईसेन्स लिनका लागि धेरै कुर्नुपर्ने समस्या समाधान हुने गरी काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL