Logo

११ सयको विन्दुमा पुग्यो नेप्से, दोहोरो अंकको गिरावट

११ सयको विन्दुमा पुग्यो नेप्से, दोहोरो अंकको गिरावट




काठमाडौं । बुधबार नेप्से परिसुचक दोहोरो अंकले घटेर ११ सयको विन्दुमा पुगेको छ । लगातार घटिरहेको नेप्से परिसुचक बुधबार १० दशमलव २६ अंकले घट्दै ११ सय ९७ विन्दुमा पुगेर रोकिएको हो ।

बुधबार बजारमा जिवन बीमा समुहको परिसुचकमा सबैभन्दा धेरै विन्दूको गिरावट आएको छ । बुधबार जिवन बीमा समुहको परिसुचकमा ५७ दशमलव १२ अंकको गिरावट आएको हो ।

यस्तै निर्जिवन बीमा समुहको परिसुचकमा भने ३७ दशमलव २८ अंकको गिरावट आएको छ । बजारमा धेरै प्रभाव रहेको बैंकिङ समुह पनि बुधबार ९ दशमलव ५८ अंकले ओरालो लागेको छ ।

बुधबार सेयर बजारमा विभिन्न १ सय ६८ कम्पनीको कारोबार हुँदा १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम ३७ करोड २४ लाख १७ हजार ६ सय ३७ पुगेको छ । बुधबार रुरल माईक्रोफाईनान्स डेभलपमेन्ट सेन्टरको १० करोड ५४ लाख बढीको प्रमोटर सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL