Logo

१२ सयमा झर्यो नेप्से, लगानीकर्ता हतोत्साहित हुँदा कारोबार २८ करोडमा खुम्चियो

१२ सयमा झर्यो नेप्से, लगानीकर्ता हतोत्साहित हुँदा कारोबार २८ करोडमा खुम्चियो



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक १२ सय अंकमा झरेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचकमा अन्तिममा ६ दशमलव ४९ अंकले घट्दै १ हजार १ सय ३ अंकमा झरेर अडिएको छ ।

पछिल्लो समय नेप्से परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर दोस्रो बजारमा २८ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । कुल ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा प्रभु बैंकको १० करोड २१ लाख रुपैयाँको संस्थापक सेयरको म्याचिङ भएको छ ।

पछिल्लो समय लगानीकर्ताको मनोवलमा नकारात्मक प्रभाव परेसँगै बजारमा कारोबार रकम समेत घट्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोमबार सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको छ । जसमध्ये जीबन बीमा समुहको परिसुचक ६८ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा २८ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा करिव ५ अंकको गिरावट आउँदा उत्पादनमुलक २२ र होटल समुहको परिसुचक १४ अंकले घट्न पुगेको छ ।

बजारमा संस्थापक सेयर बाहेक कुनै पनि कम्पनीको २ करोड रुपैयाँको सेयर कारोबार हुन सकेन । दिनभर कुल १ सय ७२ कम्पनीको १६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL