Logo

नेपाल चेम्बरको २ दिने तीज ब्यापार मेला सुरु, प्रदर्शनीमा ५० कम्पनीका उत्पादन

नेपाल चेम्बरको २ दिने तीज ब्यापार मेला सुरु, प्रदर्शनीमा ५० कम्पनीका उत्पादन



काठमाडौं । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्शले २ दिने तीज ब्यापार मेला गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्श अन्तरगत नेपाल महिला चेम्बरले ‘दास्रो तीज व्यापार मेला–२०७६’ आयोजना गर्ने भएको हो । भदौ ६ र ७ गते हुने २ दिने तीज मेलाको सम्पूर्ण तयारी पूरा भएको चेम्बरले जानकारी दिएको छ ।

तीजको अवसरमा आयोजना गरिने ‘दोस्रो तीज व्यापार मेला–२०७६’ नेपाल महिला चेम्बरको सक्रियतामा आयोजना गरिँदै आएको छ । २ दिने उक्त मेलामा काठमाडौंका महिलाद्धारा उत्पादन गरिएका ५० कम्पनी तथा संघ–संस्थाहरूको सहभागिता हुनेछ । साथै सो मेलामा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

मेलामा हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्राङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु रहने छ । महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य रहेको महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिएकी छिन ।

महिला चेम्बरका अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताएकी छिन ।

श्रेष्ठले भनिन, ‘कतिपय महिला उद्यमीले त यो मेला मार्फत नै आफैं पर्यटन वर्ष २०२० सफल पार्न सामान बाहिर पठाएर नेपाली वस्तु लिनकै लागि नेपाल आउने व्यवस्था गर्ने विस्वास छ । त्यसैकारण यो मेलालाई हामीले गत वर्षदेखि निरन्तरता दिन सकेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL