Logo

साताको अन्तिम दिन ओरालो लाग्यो नेप्से, २६ लाखमा खुम्चियो कारोबार

साताको अन्तिम दिन ओरालो लाग्यो नेप्से, २६ लाखमा खुम्चियो कारोबार




laxmi

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक घटेर बन्द भएको छ । बजार खुलेको केही समय उकालो लागेको बजार अन्तिम समयमा १ अंकले ओरालो लाग्न पुगेको छ ।

बिहीबार बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेको छ । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक ४२ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा अन्य समुहको परिसुचक भने सामान्य मात्र घटेका छन् । घट्दो बजारमा होटल समुहको परिसुचक भने दोहोरो अंकले बढ्न पुगेको छ ।

बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल २६ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७२ कम्पनीको १० लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कुनै पनि कम्पनीको २ करोड रुपैयाँको सेयर कारोबार हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL