Logo

भदौ १० देखी नाडा अटो शो २०१९ सुरु हुँदै, भाग्यशाली एक जनाले २०० सिसिको मोटरसाईकल पाउने

भदौ १० देखी नाडा अटो शो २०१९ सुरु हुँदै, भाग्यशाली एक जनाले २०० सिसिको मोटरसाईकल पाउने



काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशनले ‘नाडा अटो शो २०१९ आयोजना गर्ने भएको छ । एशोसिएशनले काठमाडौंको भृकुटिमण्डपमा यही भदौ १० देखी १५ गते सम्म उक्त मेला आयोजना गर्ने भएको हो ।

१४ औं संस्करणको रुपमा आयोजना गर्न लागेको उक्त शोमा १ सय ६० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलामा अन्तरराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रीकेट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादकको सहभागिता रहने छ ।

६ दिन सम्म चल्ने उक्त मेलामा २३ ओटा ब्राण्डका ४ पाङ्ग्रे १९ ओटा ब्राण्डका दुई पाङ्ग्रे, १२ ओटा ब्राण्डका लुब्रीकेट, ९ ब्राण्डका टायर लगायतका संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार विगतमा भन्दा यस बर्ष अवलोकनकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै २, ४ पाङ्ग्रे, वित्तीय संस्था, कम्पोनेन्टस एवं ग्यारेजको छुट्टा छुट्टै प्रदर्शन गरिने भएको छ । साथै मेला अवधिभर अस्थाई आकाशे पुलको समेत ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

६ दिने उक्त अटो शोमा करिब ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । यस बर्षको आकर्षकको रुपमा भने ओमेगा अटोमोबाईल्सको प्रायोजनमा जिपिएक्स जेन्टलमेन २०० सिसि क्षेमताको मोटरसाईकल एक जना अवलोकनकर्तालाई उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL