Logo

ईजी ट्याक्सीको गाईजात्रे क्यासब्याक अफर, २ सयसम्म क्यासब्याक

ईजी ट्याक्सीको गाईजात्रे क्यासब्याक अफर, २ सयसम्म क्यासब्याक



काठमाडौं । ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।

laxmi

एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने गाईजात्रे क्यासब्याक अफर सार्वजनिक गरेको हो ।

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो ।

पछिल्लो दिनहरुमा एप्समार्फत ईजीट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ ।

चालकहरुका लागि प्रतिकिलोमिटर २ रुपैयाँको दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ । कम्पनीको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई २ सय रुपैयाँ सम्म क्यासब्याक हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा आबद्ध ट्याक्सी चालकहरुका लागि ५ लाख रुपैयाँको दूर्घटना बीमा रहेको छ भने चालकका परिवारको सुरक्षाको लागि समेत बीमा योजना ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL