Logo

४ दिनमा ६ सय ट्याक्सी पठाओमा आवद्ध, यस्तो छ पठाओको स्पष्टिकरण

४ दिनमा ६ सय ट्याक्सी पठाओमा आवद्ध, यस्तो छ पठाओको स्पष्टिकरण



काठमाडौं । राईड सेयरिङ कम्पनी पठाओमा ४ दिनमा ६ सय ओटा ट्याक्सी आवद्ध भएका छन । गत शुक्रबार मात्रै ४ पाँग्रे सवारीसाधनलाई आवद्ध गर्नेगरी ‘कार लाईट’ सेवा सुरु गरेकोमा मंगलबारसम्म ६ सय ओटा ट्याक्सी उक्त कम्पनीमा आवद्ध भएका छन ।

कम्पनीले ट्याक्सी संचालकहरुलाई विभिन्न किसिमका सेवाहरु दिएपछि सबै ट्याक्सी संचालकहरु नै ईच्छुक भएर यो यसमा आवद्ध भएको कम्पनीका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । कार लाईट सेवा संचालनमा ल्याएकै दिनदेखि आलोचना खेपिरहेको थियो ।

उक्त आलोचनाको खण्डन गर्न गरिएको पत्रकार सम्मेलनमा क्षेत्रिय निर्देशक बस्न्यातले कार लाईट सेवा निजी गाडीका लागि नभई ट्याक्सीका लागि मात्रै लागु हुने बताएका छन । पछिल्लो समय कार लाईट सेवाको बारेमा यो निजी गाडीका लागि हो तथा बुकिङको मात्रै १ सय रुपैयाँ लिएको भन्दै सामाजिक संजालमा आलोचना आईरहेको थियो । ‘यो सेवा सुद्ध कालो प्लेटका ट्याक्सीका लागि मात्रै सुरु गरिएको छ’, उनले भने, ‘बाहिर फैलाईएका आलोचनाहरु सबै हल्ला मात्रै हुन ।’

कम्पनीले कार लाईट सेवामा पठाओमा मोटरसाईकल बुक गरेजसरी ट्याक्सी पनि बुक गर्न सकिने गरी सेवा सुरु गरेको छ । पठाओ एपमार्फत ट्याक्सी बुकिङ गरेमात्रै पनि १ सय रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटरको सरकारले तोकेअनुसारको भाडा लाग्नेछ । पठाओले बुक गर्ने वित्तिकै तोकेको १ सय रुपैयाँ भने ट्याक्सीको सुरुको मिटर अन गर्दाको शुल्क, ३ किमीसम्मको ग्राहकलाई लिनजानुपर्दाको ईन्धन लगायतको शुल्क आदि जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL