Logo

भीभो एस वान नेपाली बजारमा, बजार मूल्य साढे ३४ हजार

भीभो एस वान नेपाली बजारमा, बजार मूल्य साढे ३४ हजार



काठमाडौं । भीभो नेपालले ‘भीभो एस १’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त फोनको नेपाली बजार मूल्य भने ३४ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

laxmi

कम्पनीले सार्वजनिक गरेको भीभो एस स्मार्टफोनमा स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनलगायतका विशेषता रहेको छ ।

कम्पनीका बजार निर्देशक ग्याभिनका अनुसार भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका उपभोक्ताहरुको विशेषताहरुलाई मध्यनजर गर्दै उक्त फोन सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज रहेको छ । साथै उक्त स्मार्टफोनमा ४५ सय एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ ।

भीभो एस १ ले एन्ड्रोयड ९ दशमलब ० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL