Logo

सिल्क ट्रान्सपोर्ट र मुसा लजिस्टिकबीच सम्झौता, चीनबाट सहज रुपमा मालसामान ढुवानी

सिल्क ट्रान्सपोर्ट र मुसा लजिस्टिकबीच सम्झौता, चीनबाट सहज रुपमा मालसामान ढुवानी



काठमाडौं । सिल्क ट्रान्सपोर्ट नेपाल र मुसा लजिस्टिक चीनबीच सम्झौता भएको छ । सिल्क यातायातका अध्यक्ष रमेश शेर्पा र मुसा लजिस्टिकका अध्यक्ष सिरोङ झाङले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सिल्क यातायातले चीनबाट नेपाल ल्याउने बस्तुहरुको पारवहन सेवाका लागि लाग्ने रसद सेवाका लागि सो सम्झौता गरेको हो । ‘हामी एक तुलनात्मक रूपमा युवा कम्पनी भए पनि चीनबाट नेपालमा एकीकृत ट्रान्सपोर्ट सेवाहरू प्रदान गरेर नेपालमा लजिस्टिक सेवाको नयाँ परिभाषा गर्न तयार छौं,’ सिल्क ट्रान्सपोर्टका प्रवन्ध निर्देशक अशोक खड्गीले भने, ‘हामी एक्सप्रेस डेलिभरी, भन्सार निकासी सुविधा र अत्यन्तै प्रतिस्पर्धी लागतमा सेफ ह्यान्डलिङ ग्यारेन्टीमार्फत अन्य सेवाहरू प्रदान गर्नमा विश्वस्त छौं ।’

सम्झौता पछि चीनबाट सहज रुपमा माल सामान ढुवानीका लागि मार्गप्रशस्त गर्ने र सडक तथा बन्दरगाहको पूर्वाधार तथा छोटो ट्रान्सपोर्टको समयले गर्दा चीन ढुवानी लाइनदेखि सडक मार्गमा माल ढुवानीलाई बढुवा दिनेछ । साथै चीनको नेपाल व्यापारमा सामानको सुरक्षालाई महत्व दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL