Logo

दरवारमार्गमा खुल्यो दाविलो रेष्टुरेन्ट, विश्वभर नेपाली खाना चिनाउँदै

दरवारमार्गमा खुल्यो दाविलो रेष्टुरेन्ट, विश्वभर नेपाली खाना चिनाउँदै



काठमाडौं । दरबारमार्गमा दाविलो रेष्टुरेन्ट संचालनमा आएको छ । द एम्पायर रेष्टुरेन्ट र हस्पिटालिटि व्रिज प्रालिको संयुक्त लगानीमा शनिबारदेखि दाविलो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । यसअघि द एम्पायर रहेको ठाउमै नयाँ रेष्टुरेन्ट दाविलो सञ्चालनमा आएको हो ।

दाविलो रेष्टुरेन्टले नेपाली मौलिक खानाका साथै विभिन्न प्रकारका विदेशी तथा स्वदेशी परिकार उपलब्ध गराउने जानकारी दिएको छ । दाविलोले नेपाली खानालाई पर्यटन वर्ष २०२० मार्फत संसारभर चिनाउने गरी परिकारहरु तयार गरेको जनाएको छ ।

त्यस्तै, एक वर्षभित्र कम्तीमा दुई ओटा आउटलेट पनि स्थापना गर्ने योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । दाविलोले तुलनात्मकरुपमा सस्तो तर स्वस्थकर र स्वादिलो परिकार दिने हस्पटीलिटि ब्रीजका अध्यक्ष अनुप शर्माले जानकारी दिए । नयाँ रेष्टुरेन्टमा कुल ३ करोड रुपैयाँ लगानी गरिएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL